काडमाडौं - यो नयाँ वर्ष एनसेलका ग्राहकका लागि निकै नै विषेश हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।
यी अफरहरु आज आइतबार (चैत्र २७) बाट सञ्चालनमा आएका छन् । यस आकर्षक न्यु इयर कम्बो प्याकअन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् ।
प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।
कम्बो प्याकअन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १६८ मा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ मा सुचारु गर्न सक्छन् ।
ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ । जसअन्तर्गत ग्राहकले रु २९८ मा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स१ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।
कम्बो प्याकअन्तर्गत नै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटासहित नन स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसीअन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।
यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ मा हरेक दिन २ जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।
यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी १०० देखि १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् ।
यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् । नयाँ वर्षका अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
रिचार्ज योजना १५ दिनका लागि मान्य रहनेछ ।
प्रतिक्रिया