जीवन बीमा कम्पनीहरुद्धारा ८ महिनामा २५ अर्ब ९१ करोड बढि बीमा शुल्क आर्जन

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २५ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

बीमा समितिको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्ममा २५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । फागुन महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया