काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । futago cooperative society कम्पनीले ३ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
कामदारले हप्तामा ५ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब एक लाख ६२ हजार बढी पाउनेछ । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले subash vijay associates प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया