एफपिओ जारी गर्न समता घरेलु लघुवित्तद्धारा प्रत्याभूतिकर्ता नियुक्त

४ बर्ष अगाडि

काठमार्डौं - समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन ९एफपिओ० जारी गर्ने भएको छ । एफपिओ० जारी गर्ने संस्थाको प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटलाई नियुक्त भएको छ ।

उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० ९संस्थापक स् सर्वसाधारण० कायम हुने गरी एफपीओ जारी गर्न लागेको हो । साथै सर्वसाधारणलाई जारी हुन बाँकी सेयर २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया