यति एयरलाइन्सले यात्रुको लागि ल्यायो १ लाखको निःशुल्क दुर्घटना बीमा सेवा

३ बर्ष अगाडि

काठमाडौं - यति एयरलाइन्सले आफ्ना यात्रुको लागि अतिरिक्त दुर्घटना बीमा सुविधा योजना सार्वजनिक गरेको छ । सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा यति एयरलाइन्सले दुर्घटना बीमा सुविधा ल्याएको हो ।

बैशाख १ गतेदेखि ३ महिनासम्मको लागि यात्रुलाई १ लाख रुपैयाँ बीमांकको दुर्घटना बीमा र १०‌ हजार रुपैयाँको उपचार खर्च सहितको निःशुल्क बीमा सुविधा उपलब्ध गराइएको हो ।

यति एक्स्ट्रा केयर योजना अन्तर्गत प्रत्येक पटक अनलाइन वा यति एयरलाइन्सको एप्समार्फत टिकट खरिद गरी उडान गर्दा प्राप्त हुने बीमा सुविधा ३० दिनसम्म जारी रहनेछ । 

यो दुर्घटना बीमा हवाई उडानको दुर्घटना बीमा नभई सामान्य दुर्घटना बीमा हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया