काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाले आज आइतबार साधारण सभा गर्ने भएको छ । कम्पनीले काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ
सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
सभामा संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया