लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्न तारागाउँ रिजेन्सीको साधारण सभा आज बस्दै

३ बर्ष अगाडि

काठमाडौं - तारागाउँ रिजेन्सी होटल्सले आज आइतबार साधारण सभा गर्ने भएको छ । कम्पनीले २५औं साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । 

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया