काठमाडौं - आज सेयर बजार बन्ट हुने छ । सरकारले आज आइतबार चैत्र २७ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हुनाले आज सेयर बजार पनि बन्द हुने भएको हो ।
गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज विदा दिने निर्णय गरेको जनाएको छ ।
आज रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया