काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरिएकोमा अशन्तुष्टी व्यक्त गर्दै निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका हुन् ।
उनले भने 'थुतुनोभरि रौ भएको मुसाले धान खायो, एउटै रौ नभएको भ्यागुतोलाई कारवाही गरियो, अनुहार भरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो, अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारवाही गरीयो ।'
उनले उखान जस्तै गरेर गभर्नरलाई कारवाही गरेको बताए । अर्थतन्त्र जोगाउन खोजेका राष्ट्र सेवक, अर्थविद, अर्थशास्त्री, राष्ट्र बैंकबाट नै डेपुटी गर्भनरसम्म भएका, अर्थतन्त्र बुझेका गभर्नरलाई बलिको बोको बनाईएको ओलीले बताए ।
उनले गभर्नरमाथि छानविन गर्न माओवादी निकट भनिएका पूर्व न्यायधीशलाई छानविन गर्न समिति बनाईएको बताए ।
प्रतिक्रिया