काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । एक लघुवित्त र दुई इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।
सारथी लघुवित्त
नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ७४ रूपैयाँ १२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ७८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स
नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर वितरणका लागि बिहीबार बुक क्लोज मिति तोकेसँगै नेप्सेले बुधबारको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो ।
बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ सेयरमूल्य तोकेको छ । बुधबार कम्पनीको सेयर ६४५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा ७ प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।
आईएमई जनरल इन्स्योरेन्स
नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया