काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको सेयर सूचिकृत भएको छ । रिलायन्स फाइनान्स, नेपाल हाइड्रो डेभलोपर र विजय लघुवित्तकोे बोनस सेयर सूचिकृत भएको हो ।
रिलायन्स फाइनान्स
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको छ ।
नेपाल हाइड्रो डेभलोपर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता शेयर सूचिकृत भएको छ ।
विजय लघुवित्त
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको छ ।
प्रतिक्रिया