आफ्नो करतुतको सजाय गभर्नरलाई : योगेश भट्टराई

४ बर्ष अगाडि

अर्थतन्त्रलाई ध्वस्त बनाउन भूमिका खेलेको तथा गोप्य सूचना चुहाएको आरोपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्षविपक्षमा बहस सुरु भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरू मौन छन् । 

सामाजिक सञ्जालमा भने कतिपयले अर्थतन्त्र सङ्कटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको भनेर टिकाटिप्पणी भइरहेको छ । यस्तै चुनावको मुखमा चालिएको यो कदमले गठबन्धनलाई नै राजनीतिक रुपमा क्षति हुने पनि कतिपयको टिप्पणी छ ।  

यसै बिच नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले पनि आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि खन्याएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो भनेका हुन् । 

उनले लेखेका छन्, 'आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तिय सिद्धान्त हो, सरकार ?'

 

४ बर्ष अगाडि

प्रतिक्रिया