एशियन लाइफद्धारा १७ लाख ५८ हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मोरङको पथरी शनिश्चरे ७ का स्वर्गीय विष्णुकुमारी राई लिम्बुको परिवारलाई १७ लाख ५८ हजार ७८९ रूपैंयाको मृत्यु दाबी भुक्तानी गरेको हो ।

स्वर्गीय विष्णु कुमारीले २०७५ साल कार्तिक ३० गते एशियन लाइफ इन्स्योरेन्समा १५ लाख रुपैयाँ बीमांकको २० वर्षे जीवन संजीवनी बीमालेख खरिद गरेकाी थिइन् । 

बीमा चालू रहेकै अवस्थामा हृदयघातबाट २०७८ साल माघ २८ गते उनको मृत्यु भएको थियो । बीमितले कूल चार पटक वार्षिक किस्ता रकम भुक्तानी गरेकी थिइन्  । 

उक्त बीमांक वापतको १५ लाख र बोनस वापतको २‌ लाख ५८‌हजार ७८९ रुपैयाँ बीमितकी छोरी नबिना सुब्बालाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ  । 

४ बर्ष अगाडि

प्रतिक्रिया