एजेन्सी - पाकिस्तानमा बढ्दै गएको राजनैतिक किचलोको प्रभाव पाकिस्तानी अर्थतन्त्रमा पर्न थालेको छ । डलरको तुलनामा पाकिस्तानी मुद्रा अवमूल्यनले अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको छ ।
डलरको तुलनामा प्रति एक पाकिस्तानी रुपैयाँ १८९ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अवमूल्यन हो । यस अघि प्रति एक डलरकोलागि पाकिस्तानी १८९ रुपैयाँ कहिल्यै खर्च गर्नु पर्ने अवस्था आएको थिएन ।
गएको एक महिनादेखि पाकिस्तानी रुपैयाँ लगातार घटिरहेको छ । घट्ने क्रम अझ मार्च महिनामा आएर थप तीव्र बनेको छ । मार्चमा आएर विपक्षी दलहरूले प्रधानमन्त्री इमरान खानका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिदिए भने उता सरकारले संसद् भङ्ग गरिदिएपछि मुद्रा अवमूल्यनमा थप प्रेसर परेको हो ।
संसद् भङ्ग गरिएको विषयलाई लिएर त्यहाँको सर्वोच्च अदालतमा चार दिन सुनवाइ भयो । चार दिनको सुनवाइ पछि अदालतले अविश्वासको प्रस्ताव खारिज गर्नु संसद् भङ्ग गर्नु गैर कानुनी ठहर्याएको छ । अदालतको आदेश पछि आउने ९ अप्रिलमा संसद् बोलाइने भएको छ। सोही दिन अविश्वासको प्रस्तावमाथि मतदान हुने छ ।
गएको चार मार्च पछि डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १० प्रतिशतले घटी सकेको छ । गएको १७ कारोबार दिनमा १६ कारोबार दिन पाकिस्तानी रुपैयाँ घटेरै बन्द भएको छ । गएको २०२१ मे मा पाकिस्तानी रुपैयाँ १५२.२७ सम्म पुगेको थियो । उक्त रेकर्ड भन्दा अहिले थप २३ प्रतिशत घटेको छ ।
डलरको तुलनामा रुपैयाँ कमजोर हुँदै गएको छ भने अर्को तर्फ विदेशी संचिति समेत घट्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मार्च पछि विदेशी संचिति १६ अर्ब डलरबाट घटेर १२ अर्ब रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०२१/२२को नौ महिनाको घाटा ७० प्रतिशतमा उक्ली सकेको छ ।
प्रतिक्रिया