सन नेपाल लाइफद्धारा २ लाख २० हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं  - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी वापत २ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

बीमित स्व। छत्र कुँवरले बाल समृद्ध सावाधिक जीवन बीमा १५ वर्ष अवधिको बीमा पोलिसी दिएका थिए । उनले ३ वार्षिक बीमा शुल्क वापत ४० हजार ७२८ रुपैयाँ गरी बीमाङक २ लाखको जीवन बीमा गरेका थिए । 

उनकोे मंसिर १४ गते ब्लड क्यान्सरको कारणबाट मृत्यु भएकाले निजको आमा शुमा कुँवरलाई बीमाङक वापतको रकम २ लाख र बोनश वापत २० हजार ६ सय रुपैयाँ गरी २ लाख २० हजार ६ सय रुपैयाँ दिएको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया