अब भारका सबै बैंकका ग्राहकहरुले एटीएम कार्ड बिनै पैसा निकाल्न

३ बर्ष अगाडि

एजेन्सी - भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया९आरबीआई०ले सबै बैंकहरुमा कार्डलेस पेमेन्ट प्रणाली विस्तार गर्ने घोषणा गरेको छ । 

यससँगै अब भारतीय ग्राहकले एटीएम कार्ड बिनै पैसा निकाल्न सक्नेछन् । आरबीआईले त्रैमासिक मौद्रिक नीति जारी गर्दै भारतका सबै बैंकहरुको एटीएममा कार्डलेस भुक्तानीको सुविधा उपलब्ध गराउने जनाएको हो । 

यसअघि यो सुविधा केही सीमित बैंकहरुको एटीएममा मात्रै उपलब्ध थियो । भारतमा एटीएम कार्ड बिना नगद भुक्तानीको सुविधा कोरोना महामारीका बेला सुरु भएको थियो । 

कोरोना संक्रमण रोक्न यो सुविधाको सुरुआत गरिएको थियो । त्यतिबेला भारतका प्रमुख बैंकहरु एसबीआई, आईसीआईसीआई, एक्सिस बैंक र बैंक अफ बरोदाले यो सुविधाको सुरुआत गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया