थप ८ विकास बैंक र २ फाइनान्ससहित १० कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध

४ बर्ष अगाडि

काठमाडौं - थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरी कुल १० कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । शुक्रबारदेखि यी कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्ध भएका हुन् ।

आरटीजीएस प्रणालीमा आवद्ध हुनेमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स रहेका छन् ।

आरटीजीएस प्रणाली रियल टाइम ग्रस पेमेन्ट सिस्टम भुक्तानी सेवा हो । यसमा सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तानी गर्न सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया