कतारमा ४२-९९ हजार मासिक तलबसहित महिला पुरुष कामदारको माग, अन्य सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले ४८ जना महिला पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको  AL BATEEL SECURICOR ले ३९ जना पुरुष र ९ जना महिला गरी ४८ कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४२ हजार देखि ९९ हजार बढी पाउनेछ । इच्छुक कामदारले फ्युचर ईम्प्लोईमेन्ट सर्भिस प्रा.लि. लाजिम्पाट काठमाडौंमा ०१४००४५३५ मा सम्पर्क गरी चैत २७ गते झापा र चैत २९ गते पोखरामा  अन्तरवार्ता दिनसक्नेछन् ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेर्होनु पर्नेछ ।

यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया