काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४९ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ८९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६५ हजार ९३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५१ जनाको ज्यान गुमाइसकेका छन् ।
नेपालमा अहिले ६६९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २६ हजार ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया