काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले १ लाख ३१ हजार संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकका संस्थापक शेयरधनीहरु निर्मल प्रधानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र कम्पनीको सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुकबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया