दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ समता घरेलु लघुवित्त वित्तिय संस्थाको स्थापना भएको हो ।
यस कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्कासन (फर्दर पव्लिक इस्यू) मार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी शेयर २,८९,४४० कित्ता साधारण शेयरको थप सार्वजनीक निष्कासन (फर्दर पब्लिक इस्यू) गर्नका लागि प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा चैत्र २५ गते हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया