श्रीलङ्कामा आर्थिक र राजनीतिक सङ्कट उत्पन्न, केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

३ बर्ष अगाडि

एजेन्सी - श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । 

सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उहाँहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन् ।  

गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए । अर्थशास्त्रमा गहिरो अध्ययन गरेका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् । उनी मलेसियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य छन् । 

त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि बैकल्पिक निर्देशकको रुपमा काम गरेका थिए । उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसेका हुन् । 

राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गर्नु भएको थियो ।  श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । तत्कालिन मन्त्रीहरुले राजीनामा दिएका छन भने आम नागरिक आन्दोलनमा छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया