ग्रीन भेञ्चर्सको आईपीओ सूचीकरण प्रक्रियामा, कति पाउला ओपनिङ रेञ्ज ?

४ बर्ष अगाडि

काठमाडौं, ग्रीन भेञ्चर्स लिमिटेडको आइपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।  कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता कर्मचारीका लागि,९३ हजार ७५० कित्ता कर्मचारीको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज ९१.६ देखि २७५.०४ पाउने देखिएको छ ।

कम्पनीको आव २०७७र७८ को बास्तविका प्रतिशेयर नेटवर्थ ९१.८६ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया