सुझाव मिडियामा चुहाएको भन्दै गभर्नसँग असन्तुष्टी भए अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका छन् । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा असन्तुष्टी जनाएका हुन् । 

उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

साथै उनले डिजिटल प्रणालीले सकारात्मकसँगै नकारात्मक प्रभाव पारेको बताए । ‘मैले ५ महिनाअघि क्रिप्टोकरेन्सीले पार्ने प्रभावको बारेमा गभर्नरसाबलाई भनेको थिए, मैले त्यो बेला यसको बारेमा बुझेको पनि थिएन, क्रिप्टो हाइपर फण्डको बारेमा हामीले बुझ्न सकेनौ,’ अर्थमन्त्रीले शर्माले भने । 

उनले गभर्नर अधिकारीलाई स्थायीत्व बारेमा समेत प्रश्न गर्दै राष्ट्र बैंकले आफ्नो अनुसन्धानबाट अध्ययन अनुसन्धान गरेर प्रक्षेपण गर्न नसेको बताए । उनले १२ दिनअघि देखि कसले एलसी खोले र त्यसको रेकर्ड आफूलाई चाहिने भन्दै गभर्नर अधिकारीलाई रेकर्ड दिन निर्देशन दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया