काठमाडौं, बैंक तथा वित्तीय संस्थाहरूको एक दिनमै निक्षेप संकलन एक दिनमै ९ अर्बले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २२ गते, मंगलबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४९ खर्ब १५ अर्ब रूपैयाँ रहेमा एकदिनमै ९ अर्बले बढेर चैत्र २३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४३ खर्ब ५१ अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब २ अर्बमा स्थिर देखिएको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.५८ प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया