स्थानीय तह निर्वाचन : आज मध्यरातिदेखि आचारसंहिता लागु, के-के गर्न पाइन्दैन ?

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिदेखि लागू हुँदैछ । निर्वाचन आयोगले शुक्रबार मध्यरातिदेखि मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो । 

आयोगले यसअघि नै आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको छ । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यमदेखि मतदातासम्मलाई लागू हुनेछ । 

आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि रोक लाग्नेछ । 

यसैगरी योजनाको शिलान्यास, उदघाटन पनि गर्न पाइनेछैन । कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन पनि गर्न पाइन्न । दलको प्रचार हुने चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला समेत बोक्न आयोगको आचारसंहिताले रोक लगाएको छ । 

निर्वाचन प्रचारप्रसारको काम दिउँसो मात्रै गर्न पाइनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया