सिटिजन्स बैंकका ग्राहकहरुलाई पार्क सफारी रिसोर्टमा १० प्रतिशत छुट

४ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्ट प्रालिबीच छुट सम्भौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया