काठमाडौं - वैदेशिक रोजगार कार्यालयले आगामी बैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने भएको छ ।
बिहीबार एक सूचना जारी गरी वैदेशिक रोजगार कार्यालय ताहाचलले बैशाख २ गतेदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीको तर्फबाट पेश हुने फाइलमा श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने बताएको छ ।
त्यसका लागि कम्तीमा ३ कार्य दिनअघि नै पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन समेत कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया