काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको ३ लाख २७ हजार ७ सय ९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रिया