काठमाडौं - कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रमका लागि भारी संख्यामा कर्मचारी माग गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।
उक्त कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया