काठमाडौं - नेपाल टेलिकम लिमिटेडले सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश वितरण गर्नका लागि सेयरधनीलाई आ आफ्ना बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको करसहित २० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा आजबाट क्रमश जम्मा गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया