काठमाडौं - अपि पावरले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३९।३६ प्रतिशत अर्थात् १ कित्ता बराबर ०.३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
शेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको लागि अनुमति पाएको हो । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केही मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ।
कम्पनीले हकप्रद निष्कासनको लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।
उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ ।
यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया