लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले बोलायो बैंशाख २१ गते साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा बैंशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । 

उक्त सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक श्री एम जि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लाभांश तथा सभा प्रयोजनका लागि बैशाख १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया