सेबोनद्धारा थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ । 

सेबोनको नियमन तथा व्यवस्थापन विभागले चैत २४ गते थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो ।

स्वीकृति प्राप्त गर्ने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स र महालक्ष्मी विकास बैंक छन् । 

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीहरुको संख्या ९५ पुगेको छ । यसअघि ८७ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरिसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया