महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिमाल डेण्टल हस्पिटलमा छुट

४ बर्ष अगाडि

काठमाडौं , महालक्ष्मी विकास बैंकका ग्राहकहरुले हिमाल डेण्टल हस्पिटल धुम्बाराहीको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकले उक्त हस्पिटलसँग छुट सम्झौता गरेको हो ।

बैंक र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्सबीच समझदारी भएपछि महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

छुट पाउन बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नपर्नेछ । बैंकले हाल १०३ वटा शाखामार्फत ग्राहकरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया