रियलमीले बजेटमैत्री नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ चाँडै नेपालमा सार्वजनिक गर्ने

३ बर्ष अगाडि

काठमाडौँ- विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको समार्टफोन ब्रान्ड रियलमीले , नार्जो सिरीज अन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५०'Mighty Performance Booster' स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उत्साहीहरुको मन जित्नेछ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ ।

सधैँ झैँ, रियलमीले विश्वभरका युवाहरुका लागि यी दुई फोनको साथमा एन्ट्री लेभल स्मार्टफोनहरु ल्याउनुका साथै ‘DARE TO LEAP’ ब्रान्ड अवधारणा समावेश गर्नेछ ।

रियलमी नार्जो ५०
रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीज अन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्रीय हुनेछ ।

 रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर ज्भष्यि न्ढट साथमा आउनेछ – यसले पछिल्लो न्डछ भन्दा ४२ % कार्यसम्पादन वृद्धि देखाउँछ । विश्वव्यापी रुपमा युवा खेलाडीहरुलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८०हर्ज टच नमुना दर र १२०हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन अपनाएको छ । रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ जसको साथमा नन–स्टप प्रयोगको मजा लिन सकिनेछ । सुपर पावर बचत मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ ।   

रियलमी नार्जो ५० दुई आकर्षक रङ्गहरु स्पीड ब्लाक र स्पीड ब्लु साथमा दुई स्टोरेज भेरियन्टहरु द्धन्द्य टद्धन्द्य र टन्द्य ज्ञद्दडन्द्य उपलब्ध हुनेछ ।

रियलमी सी ३५
विश्वभरका युवा प्रयोगकर्ताहरुलाई छलांग अनुभव प्रदान गर्न, रियलमी सी ३५ ले पाँचवटा नयाँ सुविधाहरु - ८.१mm अल्ट्रा–स्लिम डाइनामिक ग्लोइङ्ग डिजाइन, फ्लागशिप स्तरीय ५० एमपी क्यामेरा, ६.६FHD फुलस्क्रिन ५००० एमएएच् ब्याट्री र TÜV Rheinland High Reaability certification प्रदान गर्नेछ । 

Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ । रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८w फास्ट चार्जको फाइदा लिन सकिन्छ ।

रियलमी सी ३५ दुईवटा आकर्षक रङ्गहरु ग्लोइङ्ग ब्लाक र ग्लोइङ्ग ग्रीनको साथमा दुई स्टोरेज भेरियन्टहरु 4GB+64GB / 4GB+128GB मा उपलब्ध हुनेछ ।
  
रियलमीको बारेमा 
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा 5G छन् लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी X50 Pro 5G छन् र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष 5G छन् स्मार्टफोन ब्रान्ड बनेको छ ।

रियलमीले 15T रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ® ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया