अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत्र १९, २० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । 

अतिथी चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी, अतिथी अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव श्री रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।  कार्यक्रममा  अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया