बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ । 

एकदिनमै ५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २१ गते, सोमबार ४९ खर्ब १० अर्ब रहेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ५ अर्बले बढेर  चैत्र २२ गते, मंगलबारसम्म कुल ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब २ अर्ब पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया