काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । ५ दिनदेखि लगातार ओरालो लागेको शेयर बजार आज ३५.६६ अंकले बढेर २४६४.३१ को बिन्दुमा पुगेको छ ।
आज साताको अन्तिम कारोबारको दिन नेप्सेमा सुधार आई कारोबार २ अर्ब बढीको कारोबार भए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । राष्ट्र उत्थान लघुवित्तको शेयर आज ७.७१ प्रतिशतले र इमर्जिङ नेपालको ६.६१ प्रतिशत घटेको हो ।
यस्तै, सपोर्ट माइक्रोफाइनान्सको २ प्रतिशत, सानिमा डिबेञ्चरको २ प्रतिशत र न्यादी हाइड्रोपावरको १.५८ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया