नबिल बैंकसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । ५ दिनदेखि लगातार ओरालो लागेको शेयर बजार आज ३५.६६ अंकले बढेर २४६४.३१ को बिन्दुमा पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुदाँ नबिल बैंकको सर्वाधिक कारोबार भएको हो । कम्पनीको आज एकैदिन ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ५ करोड ६ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया