काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । ५ दिनदेखि लगातार ओरालो लागेको शेयर बजार आज ३५.६६ अंकले बढेर २४६४.३१ को बिन्दुमा पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज हिमालयन पावर पार्टनर र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य ५.८१ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार १३० पुगेको छ ।
यसैगरी,अन्य कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया