विजय लघुवित्तको ५ लाख ३४ हजार २५.१५ कित्ता सेयर नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

लघुवित्त गएको पौष २४ सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया