गुल्मी – चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडमा महोत्सवमा सहभागी हुने अतिथि, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा गरिदिएको हो ।
महोत्सव अन्तर्गत प्रादेशिक व्यापार एवं औद्योगिक मेला गुल्मीको सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन हुदै छ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेका छन्।
ति सबैको सुरक्षाको लागि देशको निर्जिबन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।
नेको इन्स्योरेन्स लिमिटेडले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । स्मरण रहोस नेको इन्स्योरेन्स लिमिटेडले दावीलाई बिशेष प्रथामिकताका साथ हेर्ने गरेको छ । आफ्ना ग्रहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका क्षेत्रीय प्रबन्धक रमेश बहादुर थापाले जानकारी दिए । उनले आफ्ना कर्मचारीहरुलाई दाबी प्रक्रियामा कुनै बिलम्ब नगर्न पनि आग्रह गर्दे आएका छन् ।
प्रतिक्रिया