प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री

४ बर्ष अगाडि

काठमाडौं,प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले गत माघ २४ गते कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

विद्यमान संस्थापकले मात्र खरीद गर्न सक्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त शेयर खरीद गर्न कुनै निवेदन नआएकाले कम्पनीले सर्वसाधारणमा उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित गरेको मिति आज देखि १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया