काठमाडौं - ज्योति विकास बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले इलाम र कञ्चनबारीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।
इलाम नगरपालिका ७ इलाम बजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो । साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ।
प्रतिक्रिया