ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई लघुवित्तले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्तले  साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

ग्लोबल आइएमई लघुवित्तले आव २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोमा मंसिर २८ गते सम्पन्न भएको नवौं साधारण सभाले पारित गरेपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया