काठमाडौं, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण भोलि (शुक्रबार) हुदैँछ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ३.६८४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सोही सभाले संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी २ अर्ब पुर्याउने, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने, नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रस्ताव र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने अर्थात् प्राप्ती गर्ने विषयलाई अनुमोदन गर्न प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि बुकक्लोज चैत १२ गतेदेखि चैत २५ गतेसम्मको गर्ने निर्णय गरेको थियो । यसअनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुमात्र समाभा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया