प्रि ओपन सेसनमै घट्यो नेप्से,जम्मा ८ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.४१ अंक घटेर २४२८.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७० अंक घटेर २४२७.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख ९९ हजार ९९९ रुपैयाँ ८० पैसा बराबरको ३८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया