कर्पोरेट डेभलपमेन्ट बैंकको बिक्री नभएको १ लाख २० हजार बढि कित्ता हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैङ्कले चैत्र १६ गते बुधबारबाट आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आजसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया