काठमाडौं - नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको माघ ६ गते सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत बोनस सेयर खातामा जम्मा गरिदिएको हो ।
बुकक्लोज हुँदासम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया